मारुती सिमेन्टद्वारा निर्माणकर्मीहरुको निःशुल्क दुर्घटना बीमा |
काठमाडौं । मारुती सिमेन्टले यही मङ्सिरको दोश्रो हप्ता हेटौंडा, चितवन, पोखरा, आबुखैरेनी तथा काठमाडौँ उपत्यकामा रहेका निर्माणकर्मीहरु सँग ʽनिर्माणकर्मी भेटघाटʼ कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमहरुमा निर्माणकर्मीहरुलाई सुरक्षित निर्माणसम्बन्धी विभिन्न जानकारी दिनुका साथै उनीहरुलाई पाँच लाख रुपैयाँ बराबरको निːशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना प्रदान गरिएको छ । उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु द्वारा विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक प्रस्तुति पनि देखाइएको थियो ।
कार्यक्रममा मारुती सिमेन्टका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गर्दै कार्यक्रमको उद्देश्य निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीहरुको पौरखी हातहरुलाई भरोसा र आत्मविश्वास प्रदान गर्दै निस्फीक्री आफ्नो काममा लगनशील रहन हौसला प्रदान गर्ने रहेको बताए । देशभरी नै यो कार्यक्रम मार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको उनको भनाई थियो । कार्यक्रममा कम्पनीका टेक्निकल को−अर्डिनेटर निशान श्रेष्ठले सुरक्षित निर्माणमा निर्माणकर्मीको अहम भूमिका रहने कुरा बताउँदै निर्माणको गुणस्तर तथा मजबुतिका विभिन्न पक्षको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सहभागी निर्माणकर्मीहरु लाई निर्माण सम्बन्धी औजार, निर्माण गाईड पुस्तिका र विभिन्न बजार प्रवद्र्धनका सामानहरु समेत प्रदान गरिएको थियो ।
सिरहा जिल्लाकोको चन्द्रउदयपुरमा अवस्थित यो उद्योगले विगत एक दशक देखि मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको छ । यसको प्रयोग ठूला ठूला आयोजनाहरु, पुल, बाँध तथा हाउजिङ कम्पनीदेखि साधारण घर निर्माण कार्यमा समेत भइरहेको कम्पनीले जनाएको छ ।
Visited 2 times, 1 visit(s) today


