पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला |
काठमाडौं । सरकारले ‘पानीजहाज कार्यालय’को रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । यही चैत ७ र ११ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् ।
ललितपुरको एकान्तकुनामा स्थापना गरिएको पानीजहाज कार्यालयको यसअघि शिक्षा मन्त्रालयमा सहसचिव रहेर काम गरेका कोइराला पछिल्लो एक महिनादेखि पानीजहाज कार्यालयमा कार्यरत थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत रहेको उक्त कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ ।
Visited 1 times, 1 visit(s) today


