ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफबीच बैंकासुरेन्स |
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवा दिने सम्बन्धमा (बैंकासुरेन्स) सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकले देश भर रहेका आफ्ना ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु विक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्त भित्र देशको २३ स्थानमा कारोबार सञ्चालनको तयारी गरिरहेको जानकारी दिएको छ ।
सम्झौतामा ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।



