कामना सेवाकोे शाखा गाईघाट र राजविराजमा, शाखा संख्या ७७ पुग्यो |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा बिस्तार गर्ने क्रममा उदयपुरको गाईघाट र सप्तरीको राजविराजमा शाखा सञ्चालनमा ल्याएको छ ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा क्रमश प्रदेश नं. १ र २ को उदयपुर र सप्तरी जिल्लाको त्रियुगा र राजविराज नगरपालिका, वडा नं ११ र ४ मा यही चैत्र १३ गते आफ्नो ७६औं र ७७औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।
बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. २ मा दश शाखा र प्रदेश नं. १ मा ४ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी गराए ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।



