सेञ्चुरी बैंकको क्यालेन्डरको बिमोचन |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७६ सालको क्यालेन्डर आज एक समारोहबीच बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बिमोचन गरेका छन् ।
सो क्यालेन्डर ‘भिजिट नेपाल २०२०’ को सन्दर्भमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकिय स्थलहरुलाई समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

