काठमाडौं । सरकारले नेपालको सार्वजनिक यातायातमा रहेको सिण्डिकेट खारेज गरे पनि त्यसपछि गर्नुपर्ने जुन व्यवस्थापन हो, त्यो गर्न नसकेको स्वीकार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गरेका छन् ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले दुई लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशनको लागि प्रकृया अगाडि बढाएको छ । संस्थाले दुई करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ ।
काठमाडौं । सिप्रदी ट्रेडिङले टुर र ट्राभललाई लक्षित गरेर टाटाको नयाँ विंगर मिनीबसको बिक्री सुरु गरेको छ । यो बसको मूल्य ३० लाख ८० हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले दुर्घटनाका उपचार तथा क्षतिपूर्ति बीमाबापत पीडित तथा परिवारले पाउने बीमा रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ । कम्पनीका सवारी दुर्घटना हुँदा लाग्ने खर्च बीमाबाटै भुक्तानी गर्न पुग्ने गरी बीमांक रकम वृद्धिको प्रस्ताव गरिएको छ ।
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् ।
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनौटमा परेका छन् ।बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरणसहित आवश्यक योग्यता पुगेका आधारमा ५ जनाको नाम पहिलो चरणमा छनौट गरेको हो ।