ज्योति लाईफको नयाँ योजनाː ३५ रोगविरुद्ध ५० लाखसम्मको बीमा |
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न ३५ घातक रोगविरुद्धको अधिकतम ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षण हुने योजना ल्याएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले क्यान्सरसहित विभिन्न प्राणघातक रोगका लागि बिमा गर्ने योजना ल्याएको हो ।
११ वटा रोगहरुको मात्र बीमा गर्दै आएको कम्पनीले थप २४ वटा रोगको बीमासहित अत्यन्त ठूला र जोखिम धेरै भएका रोग क्यान्सरको बीमा योजना ल्याएको छ ।
कम्पनीले विभिन्न ३५ घातक रोगविरुद्धको अधिकतम ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षण हुने योजना ल्याएको हो । खासगरी, ११ वटा रोगहरुको मात्र बीमा गर्दै आएको कम्पनीले थप २४ वटा रोगको बीमासहित अत्यन्त खतरात्मक रोग क्यान्सको बीमा योजना ल्याएको छ ।
कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले क्यान्सर जस्तो प्राणघातक रोग लगायत विभिन्न ३५ ओटा रोग विरुद्ध आर्थिक सुरक्षण गर्ने गरी अधिकतम ५० लाख रुपैयाँको बीमा योजना ल्याइएको पत्रकार सम्मेलनमा बताए ।



