एनआईसी एशियाको ग्राहकलाई अल्का अस्पतालमा २० प्रतिशत्सम्म छुट् |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पतालबीच बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकवर्गले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
बैंकको मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेकको छ ।



