महालक्ष्मी विकास बैंकको मैतिदेवी शाखा औपचारिक सञ्चालनमा |
काठमाडौं । महालक्ष्मी विकास बैंकले जेठ २ गतेदेखि काठमाडौँ महानगरपालिकावडा नं. ३० स्थित मैतिदेवी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले देशभर आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा सो शाखा विस्तार गरेको जनाएको छ ।
उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका थिए । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटीएमहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रममा सभापति तथा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता जनाएका थिए ।



