काठमाडौं । डिश मिडिया नेटवर्कले आगामी वर्ष आइपीओ जारी गर्ने भएको छ । ९ औं बार्षिक साधारणसभामा कम्पनीले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १० प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हिजो सोमवार सम्पन्न नवौं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई बोनस शेयरसहित ७.८५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हिजो सोमवार काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।