काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले रामेछापको लिखु–तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामा भएको अवरोधप्रति आपत्ति जनाएको छ ।
काठमाडौं । हिजो आइतवारदेखि मात्र दोस्रो बजारमा कारोबार शुरू भएको माथिल्लो तामाकोशीको शेयरको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज सोमवारका लागि स्थगित गरेको छ ।
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले सर्वसाधारणतर्फको हकप्रद शेयर दोहोर्याएर बोलकबोल लिलामका लागि आह्वान गरेको छ । कम्पनीले विक्री हुन बाँकी १३ लाख कित्ता हकप्रद शेयरका लागि दोहोर्याएर बोलकबोल आव्हान गरेको हो ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले शेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने निर्णय पारित भएको छ । हिजो आइतवार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ३ अर्बबराबरको ट्रेजरी बिल ९१ दिनका लागि विक्री गर्ने भएको छ । विक्री गर्न लागिएको उक्त ट्रेजरी बिल भोलि मंगलवार जारी गर्ने बताइएको छ ।
काठमाडौं । किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले नयाँ स्पोर्टेज कार सार्वजनिक गरेको छ । किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा चौंथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक गरिएको हो ।
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित रहेर निर्माण भएको छ ।