सनराइज बैंकको हेल्थ केयर कार्ड, भारतमा उपचारमा छुट र सहज भूक्तानी सुविधा |
काठमाडौं । सनराइज बैंकले उपचारको लागि भारतका विभिन्न अस्पतालमा जाने नेपालीलाई ध्यानमा राखेर हेल्थ केयर कार्ड शुरु गरेको छ ।
बैंकका अनुसार सो डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पीएसओ बाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढि रकम भूक्तानी गर्न सकिन्छ । बैंकले यो कार्डबाट भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट पाउने जनाएको छ ।
हेल्थ केयर कार्ड लिन भारतको अस्पतालको बिवरण र चिकित्सकको सिफारिश वा अन्य जानकारीको कागजपत्र बैकमा पेश गर्नुपर्ने बैंकले जनाएको छ । कागजपत्र नभएको अवस्थामा उपचारपछि पेश गरेपनि हुने बैंकले जनाएको छ । यो वाहेक बैकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने बताइएको छ ।
बिगतका योजना अनुसार वर्षमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो । गत वर्षको चैतबाट ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बिमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको बैंकले जनाएको छ । बैंकका बचतकर्तालाई ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालमा २० प्रतिशतसम्म छुट दिँदै आएको जनाएको छ ।
Visited 2 times, 1 visit(s) today


