राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंकबीच सम्झौता |
काठमाडौं । राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
यस संगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । सम्झौतामा संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठक र बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरे ।
यस सम्झौता संगै राष्ट्रिय बीमा संस्थानका सबै बीमालेखहरु आगामी दिनमा ग्लोबल आईएमई बैंकका सम्पुर्ण शाखाहरुबाट खरिद गर्न सकिनेछ । यसबाट दुबै पक्षको व्यवसायमा उल्लेखनीय बृद्धि हुने र ग्राहकहरुलाई उत्कृष्ट सेवा पुग्ने विश्वा्स बैंकले लिएको छ ।
Visited 1 times, 1 visit(s) today


