सिद्घबाबा हस्पिटल, सिद्घार्थनगर सिटी हस्पिटल र लुम्बिनी सिटी अस्पतालमा कामना सेवाका ग्राहकलाइ छुट |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।, सिद्घार्थनगर सिटी हस्पिटल प्रालि र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिसँग समेत औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगर सिटी हस्पिटल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका थिए ।
Visited 1 times, 1 visit(s) today


