प्रभु बैंकको वीर अस्पतालमा काउन्टर, मस्जिदमै गएर सटही सुविधा दियो |
काठमाडौं । प्रभु बैंकले साउदी अरबको मक्कामदिना जाने हज यात्रीका लागि सटही सुविधा उपलब्ध गराएको छ । बैंकले राजधानीको घण्टाघरस्थिर मस्जिदमै गएर सटही सुविधा उपलब्ध गराएको हो ।
करिव १२ सय नेपाली हजयात्रीहरुले सटही सुविधा लिएका छन् । राष्ट्र बैंकको नियम अनुसार एक जनाले बढीमा १५ सय डलर बराबर सटही सुविधा पाउँछन् ।
बैंकले बुधबार वीर अस्पतालमा एक्सटेन्सन काउन्टर खोलेको छ । कर्मचारी र बिरामीलाई लक्षित गरी काउन्टर खोलिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।



