बखुन्डोलमा खुल्यो सांग्रिला ब्लु होटल |
काठमाडौं । ललितपुरको बखुन्डोलमा पर्यटक स्तरीय होटल सांग्रिला ब्लु होटल खुलेको छ । स्तरीय सेवा र सुविधा दिनेगरी होटलको औपचारिक शुरुवात गरिएको सञ्चालक राजेश बज्राचार्यले जानकारी दिए ।
३ वर्ष लगाएर बनाइएको होटलमा ४२ कोठा रहेका छन्। जसमा डिलक्स, डिलक्स क्वीन साइज डबल, सुपर डिलक्स क्वीन साइज डबल क्याटोगरीका कोठाहरु छन्। यी कोठामा बस्दा एकदिनको न्यूनतम ५ हजार ५ सयदेखि ७ हजार ५ सय रुपैयाँसम्म शुल्क लाग्ने छ ।
होटलमा ४० जना अट्ने क्षमताका २ वटा ब्यांकेट हल छन् । अन्डरग्राउन्ड पार्किङको सुविधा भएको होटलको पूरै संरचनामा ४५ करोड रुपैयाँसम्म लगानी भएको बज्राचार्यले जानकारी दिए ।



