काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको छ । फाइनान्सले पुस २७ गते, मंगलबार, होटल सामना, हेटौँडा, मकवानपुरमा उन्नाइसौँ वार्षिक साधारण सभा डाकेको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले पुस २५ गते चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटमा बिहान ११ बजे सभा बोलाएको हो ।
काठमाडौं । ङादी ग्रुप पावरले गत आर्थिक वर्षको मुनाफाबाट लााभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बीसौँ वार्षिक साधारण सभा डाकेको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २८ गते सत्ताइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित सो सभा डाकको हो ।