एनएमबि लघुवित्तले डाक्यो साधारण सभा, २० प्रतिशत लाभांश पारित गर्दै |
काठमाडौं । सञ्चालक समितिबाट प्रस्ताव भएअनुसार २० प्रतिशत लाभांश पारित गर्न एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारण सभा डाकेको छ ।
लघुवित्तले पुस २७ गते, सोमबार, होटल पोखरा ग्राण्ड, पार्दी विरौटमा बिहान ११ बजे सो सभा डाकेको हो ।
सो सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने र सोको कर प्रयोजनार्थ १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


