विजय लघुवित्तको २० प्रतिशत लाभांश घोषणा |
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको १२४ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरी सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।
असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ थियो ।


