काठमाडौं । नागरिक लगानी कोषको ३१.५७% लाभांश सुरक्षित गर्ने आज (साउन २४ गते) अन्तिम दिन हो । भदौ ६ गते वार्षिक साधारण बोलाएको कम्पनीले बुधबार (साउन २५ गते) बुक क्लोज गर्दैछ ।
काठमाडौं । निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा १३.५०% थोरै हो ।
काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ आज (साउन २४ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
काठमाडौं । ११ कारोबार दिनपछि नेप्से सूचक २१०० विन्दु तल झरेको छ। गत ११ कारोबार दिनमा २१०० विन्दु माथि कारोबार भइरहेको नेप्से सूचक पुनः २१०० विन्दु तल झरेको हो।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले श्रीजनशील लघुवित्तलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले श्रीजनशीललाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड १४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ६१.९३% थोरै हो ।
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार यसको अधिकांश सूचक आकर्षक देखिएको छ ।
काठमाडौं । शिवम् सिमेन्ट्सले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न भदौ १० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले गणपूरक संख्या परिवर्तन गर्ने मुख्य प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो ।