एनआरएन इन्फ्रास्ट्रक्चरको घट्यो नाफा |
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड १४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ६१.९३% थोरै हो ।
अघिल्लो वर्ष यसले १० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको फाइनान्सियल इन्कम ४ करोड ९९ लाख रहेको छ भने लगानीबाट भएको आम्दानी १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल खर्च ७७ लाख ३६ हजार छ।
हाल यसको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ६६ लाख रुपैयाँ छ । अघिल्लो वर्ष यसको जगेडामा ११ करोड रुपैया रहेको थियो। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३९ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ६८ पैसा छ ।
अघिल्लो वर्षको यही अवधिमा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३५ पैसा र नेटवर्थ १०९ रुपैयाँ १४ पैसा रहेको थियो ।



