शिवम् सिमेन्ट्सले भदौ १० गते बोलायो विशेष सभा |
काठमाडौं । शिवम् सिमेन्ट्सले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न भदौ १० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले गणपूरक संख्या परिवर्तन गर्ने मुख्य प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो । हाल कम्पनीको नियमावलीमा कुल सेयर संख्याको ६७% रहेकोे गणपूरक संख्या घटाएर कुल सेयर संख्याको ५१% बनाउने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।
यस्तै, सञ्चालक समिति सदस्यहरुको संख्या घटाउने पनि प्रस्ताव रहेको छ । हाल स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालकसहित ७ जनाको सञ्चलक समिति रहेकामा घटाएर ६ जनामा सीमित गर्ने प्रस्ताव रहेको छ । विशेष सभा कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभा प्रयोजनका लागि भदौ २ गते बुक क्लोज हुनेछ । तसर्थ, भदौ १ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।



