काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १९.०६ अंकले घटेर दुई हजार ३७ दशमलब ८३ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा आज नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । असार मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृतमध्ये ३३ वटा लघुवित्त कम्पनीहरुले ७ अर्ब ८६ करोड १४ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा १०.४७% ले धेरै हो ।
काठमाडौं । नागरिक लगानी कोषको ३०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २ हजार २१४ रुपैयाँ ६० पैसालाई आधार मानेर बुधबार यसको पहिलो कारोबार खुल्नेछ ।
काठमाडौं । नागरिक लगानी कोषको ३१.५७% लाभांश सुरक्षित गर्ने आज (साउन २४ गते) अन्तिम दिन हो । भदौ ६ गते वार्षिक साधारण बोलाएको कम्पनीले बुधबार (साउन २५ गते) बुक क्लोज गर्दैछ ।
काठमाडौं । निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा १३.५०% थोरै हो ।
काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ आज (साउन २४ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।