युनिक नेपाल लघुवित्तले बढायो नाफा |
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार यसको अधिकांश सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा १७.४६% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड १ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यसले ७ करोड ६७ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
संस्थाको खुद ब्याज आम्दानी १४.७३% र सञ्चालन नाफा ७.२०% ले बढेको छ । यसले २ करोड ९४ लाख ८८ हजार रुपैयाँ बराबरको राइट ब्याक गरेको छ । राइट ब्याक वापतको रकम बढ्नाले पनि यसको खुद नाफा वृद्धिमा सहयोग पुगेको हो ।
यता, कम्पनीको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा ४०.११% ले सुधार हुँदै २६ करोड ४६ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा युनिकको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ६४ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ३६० रुपैयाँ ८८ पैसा छ ।



