नागरिक लगानी कोषको ३१.५७% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका |
काठमाडौं । नागरिक लगानी कोषको ३१.५७% लाभांश सुरक्षित गर्ने आज (साउन २४ गते) अन्तिम दिन हो । भदौ ६ गते वार्षिक साधारण बोलाएको कम्पनीले बुधबार (साउन २५ गते) बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म कायम सेयरधनीले मात्र यसले वितरण गर्ने लाभांश हात पार्न सक्नेछन् । सभामा नागरिक लगानी कोषले ३०% बोनस सेयर र कर प्रयोजनका लागि १.५७८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
नागरिक लगानी कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । सञ्चालक समितिको असार ११ गते बसेको बैठकले उक्त बोनस तथा नगद लाभांश साधारण सभामा पेश गर्ने निर्णय गरेको थियो ।



