अरुण काबेली पावरले १ वर्षमा कमायो करिब २५ करोड रुपैयाँ नाफा |
काठमाडौं । अरुण काबेली पावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अल्लिो वर्षको भन्दा १३.८८% थोरै हो ।
अघिल्लो वर्ष यसले २८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी भने ६.२८% ले बढेर ७५ करोड १० लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यसले विद्युत बिक्रीबाट ७० करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीले अन्य श्रोतबाट हुने आम्दानी पनि २९ लाख रुपैयाँबाट बढाएर ४७ लाख लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको कर्मचारीको लागि हुने खर्च भने १ करोड ३४ लाख रुपैयाँबाट बढेर १ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
हाल अरुण काबेलीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड ८० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९१ पैसा छ ।



