नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन |
काठमाडौं । नागरिक लगानी कोषको ३०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २ हजार २१४ रुपैयाँ ६० पैसालाई आधार मानेर बुधबार यसको पहिलो कारोबार खुल्नेछ । मंगलबारको अन्तिम कारोबार मूल्य २८ सय ७९ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
कम्पनीले ३०% बोनस सेयर प्रयोजनका लागि बुधबार (साउन २५ गते) बुक क्लोज गरिएको हो । यसर्थ, मंगलबार साउन २४ गतेसम्म कायम सेयरधनीले बोनस सेयर पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
Visited 2 times, 1 visit(s) today


