काठमाडौं । पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले १५.२६% लाभांश प्रस्तावसहित असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले सेयरधनीलाई १४.५०% बोनस सेयर र कर तिर्न ०.७६% नगद गरी कुल १५.२६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियाेण्ड फिट प्राइभेट लिमिटेड (Gold’s Gym) सँग सम्झौता गरेको हो।
काठमाडौं । एनआईसी एशिया क्यापिटलले “एक्सप्रेस डिम्याट सेवा” संचालनमा ल्याएकाे छ । अब ग्राहककाे घर अथवा अफिसमा नै पुगेर क्यापिटलका कर्मचारीहरुले स्वयंम उपस्थित भएर निःशुल्क डिम्याट खाता खोलिदिने भएका छन् ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ११ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले निष्काशनमा ल्याएको १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ मा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । ओरियन्टल होटल लिमिटेडले असोज १३ गते, बिहीबार, २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने तयारी करिब अन्तिम चरणमा प्रवेश गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालक नियमावली, २०६४ संशोधनका लागि स्वीकृत गरेको हो ।