काठमाडौं । मस्टा ग्रुपले बैंकिङ् कारोबारलाई व्यवस्थित गर्न तथा राष्ट्र बैंकले जारी गरेको निर्देशन अन्तर्गत रहेर इन्फोमेरिक्स क्रेडिट रेटिंगम नेपाल लिमिटेडबाट १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाको लागि रेटिंग पाएको छ ।
काठमाडौँ । एनआइबीएल प्रगति फन्डको ४.२०% नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार (भदौ २८ गते) अन्तिम दिन हो । नगद लाभांश वितरण प्रयोजनको लागि फन्डले बुधबार (भदौ २९ गते) बुक क्लोज गर्दैछ ।
काठमाडौँ । सनराइज फर्स्ट म्युचुअल फन्डको १२% नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार (भदौ २८ गते) अन्तिम दिन हो । नगद लाभांश वितरण प्रयोजनको लागि फन्डले बुधबार (भदौ २९ गते) बुक क्लोज गर्दैछ ।
काठमाडौँ । भदौ २७, सोमबार श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो।
काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । सर्वसाधरणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै दुई हाइड्रोपावर कम्पनी धितोपत्र बोर्ड पुगेका छन् । सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुगेका हुन् ।