प्रभु क्यापिटलले हितग्राही ग्राहककोलागि विशेष छुट दिने |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियाेण्ड फिट प्राइभेट लिमिटेड (Gold’s Gym) सँग सम्झौता गरेको हो।
भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेण्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि तीन महिनासम्म लिन सकिनेछ।
गोल्ड जिमको स्थापना १९६५ मा सेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ । विश्वभरका सेलिब्रेटीहरू, एथलीटसहरू, बडीबिल्डरहरू, सैनिक लगायत फिटनेस मन पराउनेहरुको यो मनपर्ने जिम बनेको छ । नेपालमा समेत भैंसेपाटी कम्पलेक्स (दोस्रो तल्ला), एकान्तकुना–टीकाभैरव रोडमा रहेको यसको फ्रेन्चाईजमा अत्याधुनिक उपकरणहरुबाट व्यक्तिगत प्रशिक्षण, सामूिहक व्यायाम, कार्डियो, स्पिनिङ र योगलगायत सबै नवीनतम सेवाहरू प्रदान गरिने जनाईएको छ ।
नेपाली पूँजी बजारमा भिडियाे केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारको प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।


