ओरियन्टल होटलको साधारण सभा आव्हान |
काठमाडौं । ओरियन्टल होटल लिमिटेडले असोज १३ गते, बिहीबार, २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सो सभा भर्चुअल माध्यमबाट समेत सञ्चालन हुने होटलले जनाएको छ।
सभाले असार मसान्तसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ होटलले भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


