दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ को तिङ्करमा मतदान सकिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहका अनुसार तिङ्करमा १३६ जना मतदाताले मतदान गरेका छन् ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।