मतगणना सामग्री बिगार्न वा नोक्सान गर्नेलाई दुई वर्षको कैद सजाय |
काठमाडौं । आज मुलुकभर स्थानिय निवार्चन हुँदैछ। सबै आफ्नो स्थानीय प्रतिनिधिलाई मतदान गरेर निर्वाचित गराउने क्रममा लागेका छन् ।
मतदानको क्रममा तथा मतगणनाको क्रममा सामग्री बिगार्न वा नोक्सान गर्नेलाई सजायको व्यवस्था रहेको छ। मतगणना सामग्री बिगार्न वा नोक्सान गर्नेलाई एक लाख रुपैयाँसम्म वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।
यस अवधिमा आफ्ना दल र पाटी वा आफ्ना उम्मेदवारलाई जिताउनको मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गरेर चुनावी माहोल विगार्न सक्ने सम्भावना बढेको हुन्छ। कसैले पनि निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्ने प्रर्यास गर्नेलाई रोकलगाएको छ।
त्यसैगरी, मतपत्र खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमति बिना मतगणना स्थलबाट अन्यत्र लैजाने जस्ता कार्य गर्नेलाई कानुन अनुसार सजाय हुन सक्ने छ।


