काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकालले काठमाडौ महानगरपालिका अन्तर्गत विशालनगर मतदान केन्द्रबाट मतदान गरेका छन्। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले विशालनगर मतदान केन्द्रबाट मतदान गरेका हुन्।
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो ।
काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ को तिङ्करमा मतदान सकिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहका अनुसार तिङ्करमा १३६ जना मतदाताले मतदान गरेका छन् ।