गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते |
गोरखा । गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको हो । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।
गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले झडपलाई नियन्त्रणमा लिनेक्रममा घटना भएको बताए ।


