काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न पाउने भएका छन्। सरकाले आगामी आर्थिैक वर्षको बजेटमा उक्त व्यवस्था गरेको हो।
काठमाडौं । सरकारले उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने भएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आगामी आर्थिक वर्षको बजेट उद्योगमा केन्द्रीत भएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै उद्योग केन्द्रीत बजेटले आयात प्रतिस्थापनमा जोड दिएको बताए ।
काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपरका जलस्रोतलाई उपत्यकाको खानेपानीको वैकल्पिक स्रोतको रुपमा उपयोग गर्ने भएकाले छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले दुई खानेपानी आयोजनाका बारेमा अध्ययन थालिने बताए ।