काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरुलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल वायुसेवा निगमले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ । वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो । यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।
काठमाडौँ । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन्।
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ वटा नदीको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । प्राधिकरणले बागमती, विष्णुमती, हनुमन्ते, मनोहरालगायत नदीको बहाव क्षेत्र निर्धारण गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका सांसद भानुभक्त ढकाललाई कानूनमन्त्री पदमा नियुक्त गरेका छन् ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपी
काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षयता जग्गाको मूल्य ह्वात्तै बढेको छ । विशेष गरी चक्रपथबाहिरका ठाउँमा १ सयदेखि ५ सय प्रतिशतसम्मले जग्गाको मूल्य वृद्धि भएको छ । औसत रूपमा वार्षिक १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि हुने गरे पनि यसपालि भने उपत्यकाका सबैजसो ठाउँमा भाउ बढेर छोइनसक्नु भएको हो ।