आजदेखि सार्वजनिक सवारीको रुट परमिट खुला, नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारीमा रोक |
काठमाडौं । नेपाल सरकार, यातायात व्यवस्था विभागले बडादशैंलाई दृष्टिगत गरी काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरमदायी बनाउन आजदेखि सार्वजनिक सवारीसाधनलाई इजाजत पत्र रुट परमिट खुला गरेको छ । विभागले यात्रुहरू सहज रुपमा आउन र जान सकून् भन्ने उद्देश्यले असोज ३१ गतेसम्म लागू हुने गरी इजाजत पत्र खुला गरेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताएका हुन् ।
उनका अनुसाररुट परमिट खुला भएसँगै अब सवारीचालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु पर्दैन ।
ठूला मालवाहक सवारीमा रोक
ठूला सवारीसाधन सामान बोकेर बाटोमा गुड्दा अन्य यात्रुवाहक सवारीलाई आवागमनमा समस्या हुने भएकाले विभागले आजदेखि असोज ३१ गतेसम्मका लागि नारायणघाट–काठमाडौं सडकखण्डमा गुड्ने ठूला सवारी साधनलाई रोक लगाएको छ ।
विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ जस्ता ठूला सवारीसाधनलाई भने सञ्चालनमा रोक लगाएको हो ।
Visited 1 times, 1 visit(s) today


