काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मनोहरा पुल–साँगा खण्डमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि अभियान शुरू गरिएको छ । यो अभियानमार्फत सार्वजनिक एवम् मालवाहक सवारीसाधनलाई मङ्गलवारदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिने महानगरीय प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ ।