सशस्त्र प्रहरीद्वारा झण्डै डेढ करोडबराबरका तस्करीका सामान बरामद |
काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार गुल्मले चालू आवको हालसम्ममा अवैध तरिकाले भन्सार नतिरी ल्याइएको रू. १ करोड ४६ लाख २३ हजारबराबरको सामान बरामद गरेको छ । भन्सार गुल्मले भारतबाट तस्करी गरी ल्याइएका लत्ताकपडा, हार्डवेयरका सामान, खाद्यान्न, मोटरपार्टस्लगायतका सामान बरामद गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले ती कार्यालयलाई बुझाइएको बताए । सशस्त्र प्रहरीले सो अवधिमा लागूऔषध डाइजोल्याब ८ सय ५७ थान, नोल्फिस ८ सय ६१ थान, फेनारगन ८ सय ६० थानसहित लागूऔषध प्रयोगकर्तालाई समेत पक्राउ गरेको थियो ।
Visited 2 times, 1 visit(s) today


