काठमाडौं । सरकारले राजनीतिक पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्क्स्थित पूर्ण बहादुर खनालको घरमा आगलागी भएको हो ।
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १०ले लकडाउन उल्लंघन गर्नेलाई खादा ओढाउन थालेको छ । बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले शनिबारदेखि खादा ओढाउन थालेको हो ।
काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
काठमाडौं । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको छ । प्रहरीको पोशाक लगाएको ती आक्रमणकारी पनि प्रहरीको कारबाहीमा मारिएका छन् ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन गरेपछि कतिपयले आधा त कतिपयले बेतलबी बिदा दिएका थिए । उद्योगीहरूले पनि बन्द अवधिमा पूरै महिनाका तलब खुवाउन नसक्ने बताएका थिए । सरकारले भने चैतको तलब दिनुपर्ने बताएको छ ।
काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३ सय ७९ जनाको मृत्यु भएको हो ।