कोरोना संक्रमणका कारण एक लाख ७० हजारको मृत्यु, ६ लाख ४६ हजारभन्दा बढी निको भए |
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ७५ हजार ८ सय ४१ जना संक्रमित भएका छन् । ६ लाख ४६ हजारभन्दा बढी निको भएका छन्




