काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् ।
मंगलबार लेबनानको राजधानी बेरूतमा भएको भयानक विष्फोटमा हालसम्म १०० जना मारिएका छन् । अत्यधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विस्फोट हुँदा करिब ४ हजार बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ ।
काठमाडौं । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।
काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।
काठमाडौं । लकडाउन खुलेपछिको ९ महिनामा उद्योग∕व्यवसाय सामान्य अवस्थामा फर्किने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । बैंकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीलाई सहभागी गराएर यो सर्वे गरिएको स्पष्ट पारेको छ ।
काठमाडौं । कपनको केयर बाल गृहबाट बुधबार राष्ट्रिय बालअधिकार परिषदले त्यहाँका ११ जना बालिकाको उद्धार गरेको छ । कपनको चउरमा बालिका भेटिएको भन्दै झूटो प्रचार गरेको खुलेपछि परिषदकाक कर्मचारी सो बालगृह निरिक्षणका लागि पुगेका थिए ।