लाइसेन्सको नविकरण म्याद भदौसम्म थप, जरिवाना नलाग्ने |
काठमाडौं । सवारी चालक अनुमती पत्रको नविकरण म्याद सकिए पनि भदौ मसान्तसम्म जरिवाना नलाग्ने भएको छ ।
मन्त्री परिषद्को निर्णयअनुसार नविकरण गर्ने म्याद लकडाउनको अवधिभित्र परेमा भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिवाना बुझाउनु नपर्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
सरकारको यही निणर्यअनुसार सिस्टमलाई मोडिफिकेसन गर्न विभागले सातै प्रदेशका भौतिक विकास मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ ।



