उद्योग∕व्यवसाय सामान्य अवस्थामा फर्किन ९ महिना लाग्ने, ६१ प्रतिशत पूर्णरुपमा बन्द |
काठमाडौं । लकडाउन खुलेपछिको ९ महिनामा उद्योग∕व्यवसाय सामान्य अवस्थामा फर्किने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । बैंकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीलाई सहभागी गराएर यो सर्वे गरिएको स्पष्ट पारेको छ ।
सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग∕व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ ।
कर्जा नलिएका उद्योग∕व्यवसायहरुको संख्या १२ प्रतिशत रहेको छ ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योगरव्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका, ३५ प्रतिशत उद्योग∕व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग∕व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइएका छन् ।
बन्दाबन्दीे अवधिमा सर्वेक्षणमा सहभागी उद्योगरव्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादनरकारोबार घटेको जनाएका छन् ।
सहभागीमध्ये ०.९ प्रतिशत उद्योगरव्यवसायहरुको उत्पादनरकारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन∕कारोबार पूर्ववत रहेको देखिएको छ ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योगरव्यवसायहरुले २२.५ प्रतिशत कर्मचारीरकामदार कटौती गरेको पाइएको छ ।
कटौती भएकामध्ये अस्थायीरकरारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारीरकामदार कटौती गरेको देखिएको छ ।
सो अवधिमा घरेलु उद्योग र लघु उद्यमरसाना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारीरकामदार कटौती गरेको पाइएको छ ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योगरव्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडी रहेका छन् ।
यस्तै, ठूला उद्योगरव्यवसायहरुले अन्यको तुलनामा धेरैतलब कटौती गरेको देखिएको छ । सर्वेक्षणमा सहभागी उद्योगरव्यवसायहरुले बन्दाबन्दीपश्चात् सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने बताएका छन् । होटल तथा रेष्टुरेण्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १३ महिना लाग्ने देखिएको छ ।
८२.३ प्रतिशत उद्योग∕व्यवसायहरुले बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भएतापनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत देखिएको छ ।
सर्वेक्षण अवधिको समाप्ति सम्ममा छुट प्राप्त गर्न योग्य सहभागी उद्योग∕व्यवसायहरुमध्ये करिब २० प्रतिशतले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको ब्याज छुट प्राप्त गरेको बताएका छन् ।
६९.९ प्रतिशत उद्योग∕व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७∕७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी∕कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने बताएका छन् ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग∕व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिएको छ ।
बन्दाबन्दीपश्चात् वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारीर तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने जस्ता सोचमा सर्वेक्षणमा सहभागी उद्योग∕व्यवसायहरु रहेको पाइएको छ ।
सर्वेक्षणमा सहभागी उद्योगरव्यवसायहरुले सरोकारवाला निकायबाट ब्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋण अवधि लम्ब्याउने सुविधाको अपेक्षा गरेको देखिएको छ ।



