चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । सिन्ह्वाका अनुसार राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६ मा राजस्व ०.२० प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ०.२० प्रतिशतले राजस्व बृद्धि भएको हो ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो ।
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको गल्ती भारतीय विदेशमन्त्रालयले सच्याएको छ । विदेशमन्त्री जयशंकरले भगवान् गौतम बुद्ध भारतका नागरिक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसको तीव्र विरोध भएपछि मन्त्रीको गल्ती मन्त्रालयले सच्याएको हो ।
काठमाडौं । सरकारले भदौ १ गतेदेखि सुरु गर्न लागेको आन्तरिक उडान सबै विमानस्थलमा नगर्ने तयारी गरेको छ । तराईका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सरकारले सबै जिल्लाका विमानस्थलमा उडान नगर्ने तयारी गरेको हो ।
काठमाडौं । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहसरविवाद नरहेको प्रष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक भएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।