तराईका जिल्लामा भदौ १ देखि आन्तरिक उडान संचालन नगरिने |
काठमाडौं । सरकारले भदौ १ गतेदेखि सुरु गर्न लागेको आन्तरिक उडान सबै विमानस्थलमा नगर्ने तयारी गरेको छ । तराईका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सरकारले सबै जिल्लाका विमानस्थलमा उडान नगर्ने तयारी गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा पोखरा, चितवन तथा हिमाली र पहाडी जिल्लामा मात्रै आन्तरिक उडान गर्ने गरी आइतबार बस्ने सिसिएमसीको बैठकमा प्रस्ताव लैजाने तयारी गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार उडान सुरु गर्ने समय भने भदौ १ गते यथावत राख्ने प्रस्ताव लैजाने तयारी भएको छ ।
Visited 1 times, 1 visit(s) today


