काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण पुष्टि |
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंकख्या मन्त्रालयले जनाएको छ ।
सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।


