कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भने, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।”