कोरोना महामारीमा पनि अरबपति वारेन बफेटको कम्पनीको आम्दानी ८७ प्रतिशतले बढ्यो |
विश्वका चर्चित लगानीकर्ता तथा अरबपति वारेन बफेटको कम्पनीको नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा मन्दी छाएका बेला वफेटको कम्पनी हाथवे इंकको अप्रिल–जून त्रैमासको नाफा ८७ प्रतिशतले बढेको हो ।
शेयर बजारमा उछालका साथै इन्भेष्टमेन्ट पोर्टफोलियोको भ्यालू बढेका कारण कम्पनीको नाफामा बढोत्तरी भएको हो ।
जून त्रैमासमा कम्पनीले २६ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले १४ अर्ब डलर मुनाफा आर्जन गरेको थियो ।


